बाढीको स्थितिमा सुधार

पहिरोका कारण अवरुद्ध नारायणगढ–मुग्लिन सडक दुई तर्फी सञ्चालनमा

मुग्लिन । पहिरोका कारण अवरुद्ध नारायणगढ–मुग्लिन सडक दुई तर्फी सञ्चालनमा आएको छ । 

इलाका प्रहरी कार्यालय मुग्लिनका अनुसार चितवनको इच्छाकामना–५ स्थित तीन नम्बर पुलमा आज बिहान  पुनः पहिरो खसेपछि सडक दुई तर्फी अवरुद्ध बनेको थियो ।  

पहिरो पन्छाइ सडक दुई तर्फी सञ्चालन गरिएको इलाका प्रहरी कार्यालय मुग्लिनका प्रमुख प्रहरी निरीक्षक विशाल तामाङले जानकारी दिनुभयो । 

पहिरोसँगै खसेको ढुङ्गाले लागेर ना ६ख ७१० नम्बरको ट्रक चालकसमेत घाइते भएका छन् । घाइते चालकको मुग्लिन हाइवे हस्पिटलमा उपचार भइरहेको पनि प्रहरीले जनाएको छ ।

यसअघि शनिवार रातिदेखि बन्द भएको सडक झन्डै १८ घण्टापछि  आइतबार साँझपख मात्रै खुलेको थियो । सोही स्थानमा गत आइतबारदेखि पटक–पटक पहिरो खस्दा सडक अवरुद्ध हुँदै आएको छ ।  

प्रकाशित मिति : १८ असार २०८०, सोमबार  ८ : २२ बजे