माथिल्लो मनाङमा हिमपात

मेयर बालेन विश्वका मेयरहरुको संगठनको सदस्यमा निर्वाचित

काठमाडौं। काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) विश्वका मेयरहरूको साझा संगठन ‘वर्ल्ड एसोसिएसन अफ मेजर मेट्रोपोलिज’ सञ्चालक समितिको सदस्यमा निर्वाचित भएका छन् ।

उनी दुई वर्षे कार्यकाल सन् २०२४ देखि २०२६ सम्मका लागि निर्वाचित भएका हुन् । मेयर साहले उक्त जिम्मेवारीमा रहँदा सदस्यहरूको सभाले तोकेका दिशानिर्देशहरू पूरा गर्नुपर्ने हुन्छ ।

सन् १९८५ मा स्थापना भएको वर्ल्ड एसोसिएसन अफ मेजर मेट्रोपोलिजले महानगरीय हितहरूको वकालतलगायतका काम गर्दै आएको छ ।

प्रकाशित मिति : १७ असार २०८०, आइतबार  २ : ४१ बजे