सुनको मूल्यमा नयाँ कीर्तिमान

विश्वकप छनोट : यूएईविरुद्ध नेपाललाई पहिलो सफलता

काठमाडौँ । जिम्बावेमा जारी आइसिसी विश्वकप छनोट २०२३ अन्तर्गत  युएईविरुद्धको प्लेअफमा खेलमा नेपालले पहिलो सफलता हात परेको छ ।

हरारेमा रहेको टाकासिङ्गा स्पोर्टस् क्लबमा जारी खेलमा नेपालले टस जितेर पहिला फिल्डिङ रोजेको थियो । नेपालका लागि करन केसीले पहिलो सफलता दिलाएका छन् । उनले खेलको दोस्रो बलमा नै विकेट लिएका हुन् ।

विश्वकपको सुपर सिक्समा पुग्न नसकेको नेपालले यूएईसँग प्ले अफ खेल्न लागेको हो । यस खेलको विजेता टोलीले सातौँ स्थानको लागि आयरल्यान्डसँग प्रतिस्पर्धा गर्नेछ भने पराजित टोलीले  नवौँ स्थानका लागि अमेरिकासँग प्रतिस्पर्धा गर्नेछ । 
 

प्रकाशित मिति : १७ असार २०८०, आइतबार  २ : २५ बजे