दुर्गा प्रसाईं पक्राउ

सुनको मूल्य अहिलेसम्मकै उच्च

विदेशिए गोठाला, हराए गोठ

यस्तो छ आजको मौसम पूर्वानुमान

एसईईको नतिजा यसै साताभित्र सार्वजनिक गर्ने बोर्डको तयारी

काठमाडौँ । राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईई) नतिजा यसै साता अर्थात् असार २३ गते शनिबारसम्म सार्वजनिक गर्ने तयारी भइरहेको जनाएको छ।

परीक्षा नियन्त्रण कार्यालय कक्षा-१० का परीक्षा नियन्त्रक विष्णुनारायण श्रेष्ठले यही हप्ता नतिजा सार्वजनिक गर्ने लक्ष्यका साथ काम भइरहेको बताउनु भयो ।

नतिजा रुजु र इन्ट्री गर्ने काम भइरहेको बोर्डले जनाएको छ। अन्तिम रुजु र इन्ट्री गर्ने प्राविधिक प्रकृतिको काम भएकाले लक्ष्य पूरा नै हुन्छ भन्ने यकिन हुँदैन । प्राविधिक समस्या आए नतिजा प्रकाशन अर्को साता धकेलिन पनि सक्ने बोर्डका कर्मचारीले बताए । गत चैत १७ गतेदेखि सञ्चालित परीक्षामा ४ लाख ८५ हजार ३९६ विद्यार्थी सहभागी थिए ।

लेटर ग्रेडिङ निर्देशिका–२०७२ वा २०७८ अनुसार कुनमा नतिजा सार्वजनिक गर्ने समेत टुंगो लागिसकेको छैन। बोर्डको बैठकले मात्र त्यस विषयमा निर्णय गर्ने व्यवस्था छ। आइतबा सम्म बैठक डाकिएको छैन। गत वर्ष लेटर ग्रेडिङ निर्देशिका २०७८ कार्यविधि लागू भए पनि २०७२ अनुसार नै नतिजा प्रकाशित गरिएको थियो । यसपालि एसईई दिने विद्यार्थी पुरानो पाठ्यक्रमको अन्तिम व्याच हुन् । त्यसैले पुरानो निर्देशिका (२०७२) अनुसार नै नतिजा प्रकाशन हुनुपर्ने बोर्ड सदस्यहरुको मत बलियो छ ।

७७ वटै जिल्लामा ७७ हजार ९९२ जना जनशक्ति परिचालन गरेर परीक्षा लिइएको श्रेष्ठले बताउनु भयो। परीक्षा सकिएपछि जिल्ला सदरमुकाममा केन्द्र तोकेर उत्तरपुस्तिका परीक्षण गरिएको थियो । ६ वटा अनिवार्य विषयका प्रश्नपत्र प्रदेशअनुसार फरक फरक थिए । विद्यार्थीले आफूले पढेभन्दा फरक विद्यालयको परीक्षा केन्द्रबाट परीक्षा दिने व्यवस्था मिलाइएको थियो ।

प्रकाशित मिति : १७ असार २०८०, आइतबार  २ : ०२ बजे