बाढीको स्थितिमा सुधार

नेकपा एमालेसँगको एकता बचाउन नसक्नु दुःखद, फेरी नेकपा ब्युताउँ : प्रधानमन्त्री दाहाल

भक्तपुर ।  नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहालले समाजवादको नयाँ यात्रा तय गर्न सबैसँग आग्रह ग गर्नुभएको छ ।  

यसका लागि टुक्रिएर रहेका सम्पूर्ण कम्युनिष्ट पार्टीहरूलाई एकताको दिशामा अगाडि बढ्न उहाँले आह्वान समेत गर्नुभएको छ । 

नेपाल कम्युनिष्ट पार्टीका संस्थापक नेता रामविलास जोशीको स्मृतिमा भक्तपुरको मध्यपुर थिमिमा भएको रामविलास जोशी स्मृति प्रतिष्ठान भवन उद्घाटन तथा प्रतिमा अनावरण कार्यक्रमको आज भक्तपुरमा उद्घाटन गर्दै प्रधानमन्त्री दाहालले समाजवादको नयाँ यात्रा तय गर्न कम्युनिष्ट पार्टीहरूको एकता आवश्यक भएको बताउनुभयो । 

उहाँले त्यही अनुसार पछिल्लो समय आफू नेतृत्वको पार्टी नेकपा माओवादी केन्द्र, माधवकुमार नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादी, विप्लव र उपेन्द्र यादव नेतृत्वको कम्युनिष्ट पार्टीहरुबीच सहकार्यको दिशामा लागिरहेको बताउनुभयो। 

केपी ओली नेतृत्वको नेकपा एमालेसँगको एकता बचाउन नसक्नु दुःखद भएको उहाँको भनाई थियो । तथापि भएको कमजोरीबाट सिकेर नयाँ चिराबाट एकताको दिशामा अगाडि बढ्नुपर्ने आवश्यकता उहाँले औँल्याउनुभयो ।

कार्यक्रममा नेकपा एकीकृत समाजवादीका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले नेपालमा राजनीतिक क्रान्ति सम्पन्न भइसकेको र अब जनताको जीवनमा क्रान्ति बाँकी रहेको बताउनुभयो   

 

प्रकाशित मिति : १७ असार २०८०, आइतबार  ११ : ४२ बजे