बाढीको स्थितिमा सुधार

अखिल महिला सङ्घ कोसी प्रदेशको अध्यक्षमा सिर्जना राई निर्वाचित

काठमाडौँ । नेकपा एमाले निकट अखिल नेपाल महिला सङ्घ (अनेमसंघ)को कोसी प्रदेशको अध्यक्षमा सिर्जना राई निर्वाचित हुनुभएको छ ।

शनिवार सम्पन्न कोसी प्रदेशको प्रथम सम्मेलनले राईको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको हो । 

यस्तै उपाध्यक्षमा माया पोखरेल र सरला राई निर्वाचित हुनुभएको छ । सङ्घको सचिवमा हेमकला कट्टेल, सहसचिवमा अन्जु पाण्डे निर्वाचित हुनुभएको छ । 

यस्तै कोषाध्यक्षमा हिमा बिकसहित ९१ जनाको नयाँ कार्यसमिति निर्वाचित भएको छ । 

 

प्रकाशित मिति : १७ असार २०८०, आइतबार  ८ : २४ बजे