माथिल्लो मनाङमा हिमपात

आज श्री एयरलाइन्सका सबै उडान स्थगित 

काठमाडौँ । आज श्री एयरलाइन्सका सबै उडान स्थगित हुने भएका छन् । 

श्री एयरलाइन्स प्रालिले आजका लागि पूर्व निर्धारित सबै उडानहरू स्थगित गरेर विमान परीक्षण गर्ने भएको हो । 

एयरलाइन्सका कर्पोरेट प्रबन्धक अनिल मानन्धरले शनिवार जारी गरेको प्रेस नोट अनुसार आजका सबै उडान स्थगित गरिएको छ । उहाँका अनुसार श्री एयरलाइन्सका सबै उडान स्थगित गरी आइतबार दिनभर कम्पनीका सबै विमानको प्राविधिक परीक्षण गर्ने निर्णय भएको छ ।  

सोमवारिदेखि भने सबै उडान नियमित रूपमा सञ्चालन हुनेछन्  । शनिवार काठमाडौँबाट धनगढीका लागि दिउँसो ३ः३० बजे उडेको विमानमा प्राविधिक समस्या आएको थियो । जसकारण धनगढी उडेको सो विमान पुनः काठमाडौँ नै फिर्ता गरी अवतरण गराइएको थियो । 

सो घटनापछि एयरलाइन्सले सबै विमानको प्राविधिक परीक्षण गर्ने निर्णय लिएको श्री एयरलाइन्सले जनाएको छ ।

प्रकाशित मिति : १७ असार २०८०, आइतबार  ७ : ४९ बजे