सुनको मूल्यमा नयाँ कीर्तिमान

आइसिसी विश्वकप छनौट: नेपालले आज युएईसँग प्रतिस्पर्धा गर्दै 

काठमाडौँ । आज नेपालले संयुक्त अरब इमिरेटस (युएई) सँग प्रतिस्पर्धा गर्दैछ ।  

आइसिसी विश्वकप छनोट अन्तर्गत प्लेअफ खेलमा आज नेपालले युएईसँग प्रतिस्पर्धा गर्न लागेको हो । हरारेस्थित ताकाशिंगा स्पोर्ट्स क्लबमा हुने सो खेल अपराह्न १२ः ४५ मा सुरु हुनेछ ।

यस खेलको विजेता टोलीले सातौँ स्थानको लागि आयरल्यान्डसँग प्रतिस्पर्धा गर्नेछ भने पराजित टोलीले नवौँ स्थानको लागि अमेरिकासँग प्रतिस्पर्धा गर्नेछन् ।

प्रकाशित मिति : १७ असार २०८०, आइतबार  ७ : २६ बजे