बाढीको स्थितिमा सुधार

संसदीय मामिला पत्रकार समाजमा नयाँ नेतृत्व

काठमाडौँ । संसदीय मामिला पत्रकार समाजको आठौँ अधिवेशनले मनोज सत्यालको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ । 

समितिको शनिवार सम्पन्न निर्वाचनबाट उपाध्यक्षमा किरण दाहाल र उपाध्यक्ष(महिला) सृजना घिमिरे, महासचिवमा जयसिंह महरा, सचिवमा गुञ्जनराज गिरी र सचिव (समावेशी) सविता शर्मा, कोषाध्यक्षमा अमूल थापा निर्वाचित हुनुभएको छ ।

कार्यसमितिको नयाँ सदस्यमा राजु थापा, पुजन आचार्य, कमलराज भट्ट, रघुनाथ बजगाईँ, विनोद कटुवाल, शिला तिमिल्सिना सर्वसम्मत रूपमा चयन हुनुभएको छ । त्यसैगरी समावेशी सदस्य द्वयमा मीरा बस्नेत र अञ्जना लामिछाने विजयी हुनुभएको छ ।

निर्वाचन समितिका संयोजक टङ्क पन्तले निर्वाचन परिणाम घोषणा गर्दै नव निर्वाचित पदाधिकारी र सदस्यहरूलाई बधाई तथा शुभकामना दिनुभयो ।

नयाँ कार्यसमितिको दुई वर्षको कार्यकाल हुनेछ । संसद् र संसदीय मामिलासम्बन्धी गतिविधिमा कलम चलाउने पत्रकारहरूको साझा सङ्गठनको रूपमा समाज रहेको छ ।

 

प्रकाशित मिति : १७ असार २०८०, आइतबार  ७ : ०८ बजे