दुर्गा भवानीको प्रतिमा सेलाइँँदै

भक्तपुरमा खाना पकाउने ग्यास चुहिएर आगलागी हुँदा एक जनाकाे ज्यान गयाे

काठमाण्डाै । भक्तपुरमा खाना पकाउने ग्यास चुहिएर आगलागी हुँदा ३३ वर्षका रामकुमार सार्कीको ज्यान गएको छ ।

सूर्यविनायक नगरपालिका वडा नम्बर ९ पलासेका ग्यास सिलिण्डर लिक भइ आगलागी हुँदा सार्कीको ज्यान गएको प्रहरी परिसर भक्तपुरले जनाएको छ ।

असार १ गते राति आफ्नै घरमा ग्यास चुहिएर भएको आगलागीमा परि घाइते भएका सार्कीको कीर्तिपुर अस्पतालमा उपचारको क्रममा आज बिहान ज्यान गएको हो ।  

प्रकाशित मिति : १६ असार २०८०, शनिबार  २ : १४ बजे