दुर्गा भवानीको प्रतिमा सेलाइँँदै

नवलपरासी र रुपन्देहीमा दिउसो ३ बजेसम्म बाढीको उच्च जोखिम, सतर्कता अपनाउन सुचना जारी

​​​​​​​काठमाडौं । नवलपरासी र रुपन्देही क्षेत्रमा आज दिउसो ३ बजेसम्म बाढी आउने जोखिम भएकोले सर्तकर्ता अपनाउन सुचना जारी गरिएको छ । बाढी पूर्वानुमान महाशाखाले आफ्ने फेसबुकमा पेजमा सुचना लेखेर पछिल्लो ६ घण्टामा नवलपरासी बर्दघाट सुस्तापूर्व, नवलपरासी बर्दघाट सुस्ता पश्चिम, रुपन्देही जिल्ला र आसपास भारी वर्षा भएको जनाएको छ ।

जसका कारण सो जिल्ला भई बहने खोला र नदीमा बाढी आउने तथा होचा स्थान डुबानमा पर्नसक्ने सम्भावना रहेकाले नदी तटीय क्षेत्रका बासिन्दालाई उच्च सतर्कता अपनाउन बाढी पूर्वानुमान महाशाखाले सूचना गरेको छ।

प्रकाशित मिति : १६ असार २०८०, शनिबार  १२ : ३८ बजे