संसद् दिवस मनाइँदै, संसदीय मामिला पत्रकार समाजमा नयाँ नेतृत्व चयन हुँदै

काठमाडौँ । आज विभिन्न कार्यक्रम गरेर संसद् दिवस मनाइँदै छ। 

नेपालको संसदीय इतिहासमा पहिलो संसदीय निर्वाचनपछि संसद्‌को पहिलो बैठक २०१६ सालमा १६ असारको दिन बसेको दिनको सम्झनामा यो दिवस मनाउने गरिएको हो । 

यस दिवसको अवसरमा पूर्व सांसद मञ्चले काठमाडौँमा आयोजना गर्ने कार्यक्रमलाई प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सम्बोधन गर्दै हुनुहुन्छ ।

यसैगरी, संसदीय मामिला पत्रकार समाजको आठौँ अधिवेशन सुरु भएको छ । 

सङ्घीय संसद् भवन, नयाँ बानेश्वरमा उक्त अधिवेशन सुरु भएको हो । सो अधिवेशनले नयाँ नेतृत्व चयन गर्दै छ । जसअनुसार नयाँ नेतृत्वका लागि सबिन धमला, तुल्सी सापकोटा, विष्णु खडका, मनोज सत्यालले दाबी प्रस्तुत गर्नुभएको छ। 

प्रकाशित मिति : १६ असार २०८०, शनिबार  १० : १४ बजे