धरहराबाट उपत्यका नियाल्ने रहर

मुलपानी क्रिकेट मैदानको नाम फेरियो

काठमाडौँ । मुलपानी क्रिकेट मैदानको नाम परिवर्तन गरिएको छ । 

सो क्रिकेट मैदानको नाम अब जयकुमार शाह अन्तर्राष्ट्रिय क्रिकेट मैदान रहने भएको छ।  

नेपाल क्रिकेट सङ्घ (क्यान)को शुक्रवार बसेको बैठकले माथिल्लो मुलपानी क्रिकेट मैदानको नयाँ नामकरण गरेको हो । 

क्यानका संस्थापक तथा पूर्व अध्यक्ष जयकुमार नाथ शाहको सम्मानमा मुलपानी क्रिकेट मैदानको नाम परिवर्तन गरेर उनको नाममा नामकरण गरेको हो । 

गत वैशाखमा एसिसी प्रिमियर कपमा हङकङ र सिंगापुरसँग खेलबाट माथिल्लो मुलपानी क्रिकेट मैदानमा पहिलो पटक अन्तर्राष्ट्रिय खेल भएपछि त्यस मैदानले अन्तर्राष्ट्रियकरण हुने मौका पाएको थियो । लामो समयदेखि बन्न सुरु गरेको भए नि अझै पनि पुरा नभएको सो खेल मैदानलाई पूर्णता दिनका लागि सरकारले पनि यस आर्थिक वर्षमा सहयोग प्रदान गरेको छ । 

प्रकाशित मिति : १६ असार २०८०, शनिबार  ७ : ४६ बजे