सुनको मूल्यमा नयाँ कीर्तिमान

गोपालबहादुर खड्काले गैरकानुनी सम्पत्ति आर्जन गरेको ठहर

काठमाडौं । नेपाल आयल निगमका पूर्वकार्यकारी निर्देशक गोपालबहादुर खड्काले गैरकानुनी सम्पत्ति आर्जन गरेको ठहर भएको छ ।

विशेष अदालत काठमाडौंले गैरकानुनी सम्पत्ति आर्जनको अभियोगमा खड्कालाई दोषी ठहर गरेको हो ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले २०७८ पुस २३ गते खड्कामाथि १८ करोड ६६ लाख ५ हजार ६२९ रुपैयाँ सम्पत्ति गैरकानुनी रुपमा आर्जन गरेको अभियोग लगाएको थियो ।

प्रकाशित मिति : १५ असार २०८०, शुक्रबार  ४ : ३३ बजे