नेपाल र मलेसियाकाबीच आज प्रतिस्पर्धा हुँदै, जीतेमा नेपाल सेमिफाइनलमा पुग्ने

काठमाडौँ । नेपाल र मलेसियाका बीचमा आज प्रतिस्पर्धा हुदैँछ । 

मलेसियामा जारी एसिसी इस्ट जोन कपमा समूह चरणको अन्तिम खेलमा नेपाल घरेलु टोली मलेसियासँग प्रतिस्पर्धामा उत्रन लागेको हो । सो खेल अब केही बेर अर्थात् बिहान ७ः१५ बजेबाट सुरु हुदैँछ । 

पहिलो खेलमा थाईल्यान्डलाई २ सय २५ रनको फराकिलो अन्तरले हराएको नेपालले घरेलु टोलीलाई पनि पराजित गर्ने उद्देश्यसहित मैदानमा उत्रिन लागेको हो । नेपालले आज मलेसिया माथि जित निकाल्न सकेमा समूह विजेता बन्दै सेमिफाइनलमा पुग्नेछ । 

प्रकाशित मिति : १५ असार २०८०, शुक्रबार  ६ : ५९ बजे