बम पड्काउँदै फिरौती माग्ने गिरोहका तीनजना पक्राउ

काठमाडौं । बम पड्काउँदै फिरौती रकम माग गर्ने गिरोहका तीन जनालाई रुपन्देही प्रहरीले पक्राउ गरेको छ ।

रुपन्देहीको सियारी गाउँपालिका–४ का २७ वर्षीय अब्दुल हाकिम खान, कोहटीमाई– ३ पर्सियाका २२ वर्षका सुरज लोहार र कोहटीमाई– ४ का सुरज थारूलाई प्रहरीले मंगलबार पक्राउ गरि आज सार्वजनिक गरेको हो । 

उनीहरू तीनैजना रुपन्देहीका विभिन्न स्थानमा बम पड्काउने र फिरौती रकम माग गर्ने आपराधिक कार्यमा संलग्न भएको प्रहरीले जनाएको छ । को दाबी छ। गत मंगलबार पक्राउ परेका उनीहरूलाई अदालतबाट म्याद थप गरी अनुसन्धान गरिएको प्रहरीले जनाएको छ । घटनामा अन्य व्यक्तिहरू पनि संलग्न रहेको प्रहरीको आशंका छ ।

उनीहरूबाट दुई थान मोटरसाइकल र पाँच थान मोबाइल प्रहरीले बरामद गरेको जनाएको छ । 

प्रकाशित मिति : १४ असार २०८०, बिहिबार  ९ : १३ बजे