१)सिद्धान्तका लागि जीवन होइन, जीवनका लागि सिद्धान्तहुनुपर्छ ।
२) पूृर्वाग्रह र प्रतिसोध प्रजातान्त्रिक गुण होइन ।
३)सिद्धान्तलाई व्यवशारमा लागु गरिदैन, वचन आनुसार काम गरिदैन र तिनीहरूलाई कार्यरुपमा प्रदान गरिदैन भने तिनीहरूको दुई पैसाो मोल हुदैँन ।
४)आत्मालोचनाले केवल नम्रतलाई मात्र जाहेर गर्दैन, कामलाई योग्यतापूर्वक सम्पादन गर्नका निम्ति आफ्नै विगतबाट सिक्ने महत्वपूर्ण अवशर पनि प्रदान गर्छ ।
५)अनुशासन विनाको स्वतन्त्रता स्वेच्छाचारिता हुन्छ र स्वतन्त्रता विनाको अनुशासन निरंकुशता हुन्छ ।
६) क्रान्ति यथास्थितिको मात्रात्मक विकल्प होइन, त्थ्यो गुणत्मक विकल्प हो ।
७) बहुदयिल प्रणाली समाजको राजनितिक जीवनको एउटा लोकप्रिय पद्धति तथा सरकार संगठित गर्ने एउटा बहुप्रचलित तरिका हो । यो पुँजिवादीपंथीहरुको मात्र निी सम्पत्ति कुनै हिसावले होईन ।
८) राज्यसम्बन्धी माक्र्सवादको शिक्षा राज्य वर्गिय शमसनको उपकरण हो । उउटा वर्गले अर्काे वर्गलाई अधिनमा राख्ने शासन हो ।
९) दक्षिणपंथी र उग्रपंथीको दुवै चिन्तनको खण्डन नगरी माक्र्सवाद– लेनिनवाद कार्यनीनितको महत्वलाई बुझ्न, प्रयोग गर्न र रक्षा गर्न सकिँदैन ।
१०) गुणको मुल्य तिरेर सँख्या विस्तार गर्ने शैलिलाई हतोत्शाहित र अन्त्य गर्नुपर्दछ ।
११)बहुदलिय प्रणली अन्तर्गत श्रमजीवी जनताको सेवा हुनै सक्दैन भन्ने कुनै मान्यतचा छैन, बरु एकदलिय एकधिकारवादले सर्वहारा वर्गको दिर्घकालिन हित गर्न नसकेको अनुभव प्राप्त भइरहेछ ।
१२) क्रान्तिले पुरानो समाजको आधारलाई तोड्छ र नयाँ समाजको संरचनालाई सुदृड बनाउँछ ।
१३) वर्तमान युगको विकसति माक्र्सवाद औधोगिक सर्वहाराहरुको मात्र होइन, किसानहरुको समाजिक मुक्ति र राष्ट्रिय स्वाधिनाको मार्गदर्शक सिद्धान्त पनि हो ।
१४ )समाजको चासो र व्यवशारको विषय नबनाइ समाजवाद आउन र कायम हन सक्दैन ।
प्रकाशित मिति : १४ असार २०८०, बिहिबार १ : ०२ बजे
प्रतिक्रिया