साफ यू–१७ च्याम्पियनसिप आजदेखि

निजी विद्यालयका शिक्षकलाई सरकारी सरह तलब सुविधा दिन मेयर शाहको निर्देशन

​​​​​​​काठमाडौँ । काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाहले निजी विद्यालयले पनि सरकारी स्कुल सरह शिक्षकहरूलाई तलब भत्ता दिनुपर्ने जनाउनुभएको छ ।

संस्थागत(निजी) विद्यालयले  शिक्षकहरूलाई कानुन सम्मत तलब नदिएको गुनासो गरेपछि मेयर शाहले सार्वजनिक रूपमा नै शिक्षकहरूको तलब सार्वजनिक गर्दै सोही अनुसार व्यवस्था गर्नु पर्ने जनाउनुभएको हो ।

''काठमाडौँ महानगरपालिकामा संस्थागत (निजी) विद्यालयको शिक्षकहरूको तलब सामुदायिक विद्यालयको भन्दा न्यून भएको गुनासो आउने गरेको छ तर ‘शिक्षा ऐन, २०२८’ को दफा १२ (७)(छ)मा संस्थागत विद्यालयको शिक्षकलाई पनि नेपाल सरकारले तोकिदिएको तलब स्केल नघटाई तलब दिनुपर्ने भनी उल्लेख गरिएको छ'' शाहले भन्नुभएको छ ।,''यस्तै काठमाडौँ महानगरपालिका विद्यालय शिक्षा व्यवस्थापन नियमावली, २०७४ को नियम ६८ मा शिक्षक तथा कर्मचारीको तलब भत्ता, निवृत्तिभरण, उपदान लगायतका अन्य सुविधा खाइपाइ आएकोमा नघट्ने गरी सङ्घीय शिक्षा कानुनमा तोकिए बमोजिम हुने उल्लेख गरिएको छ ।'' 

सोही बमोजिम काठमाडौँ महानगरपालिकाका सामुदायिक विद्यालयका शिक्षकहरूले प्राप्त गर्ने निम्न अनुसारको तलब सुविधा संस्थागत विद्यालयको शिक्षकलाई पनि प्राप्त गराउन काठमाडौँ महानगरपालिकाका सम्पूर्ण संस्थागत विद्यालयहरूलाई सूचित गरिएको भन्दै तलब स्केल सार्वजनिक गरेको छ। 

उहाँले भन्नुभएको छ, ''निम्न अनुसारको तलब सुविधा प्राप्त नभएमा काठमाडौँ महानगरपालिका शिक्षा विभागमा सम्पर्क गर्न अनुरोध गर्दछौँ।''

प्रकाशित मिति : १४ असार २०८०, बिहिबार  ९ : ०६ बजे