महेन्द्रनगर। करेन्ट लागेर घाइते हुनुभएका कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका-१ बन्साहका ४४ वर्षीय अमर विष्टको मृत्यु भएको छ । इलाका प्रहरी कार्यालय झलारीका अनुसार घरमा मोटरको प्लग जडान गर्ने क्रममा करेन्ट लाग्दा उहाँ घाइते हुनुभएको थियो ।
प्रमुख प्रहरी निरीक्षक सूर्यबहादुर शाहीले करेन्ट लागेर घाइते हुनुभएका विष्टको धनगढीस्थित सेती प्रादेशिक अस्पतालमा उपचारका क्रममा मृत्यु भएको जानकारी दिनुभयो ।
हाल विष्टकाे शव परीक्षणका लागि अस्पतालमा राखिएको र घटनाको थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।
प्रकाशित मिति : १३ असार २०८०, बुधबार २ : ४६ बजे
प्रतिक्रिया