बजेटको पक्षमा मतदान गर्ने नेकपा एकीकृत समाजवादीको निर्णय

काठमाडौँ । नेकपा एकीकृत समाजवादी पाटीले बजेटको पक्षमा मतदान गर्ने निर्णय गरेको छ।

संसदीय दलको बैठकले बजेटको पक्षमा मतदान गर्ने निर्णय गरेको संसदीय दलको उपनेता राजेन्द्र पाण्डेले  जानकारी दिनुभयो।

एकीकृत समाजवादीले बजेटको विषयलाई लिएर असन्तुष्टि जनाउँदै आइरहेको थियो। प्रधानमन्त्री प्रचण्ड माग सम्बोधन गर्ने तयार भएपछि पक्षमा मतदान गर्ने निर्णय गरेको हो। 

प्रतिनिधिसभाको बैठक अहिले सङ्घीय संसद् भवन नयाँ बानेश्वरमा सुरु भएको छ । गत १५ जेठमा प्रस्तुत भएको बजेट आज पारित गर्ने कार्यसूची रहेको छ ।

 

प्रकाशित मिति : १३ असार २०८०, बुधबार  १२ : १४ बजे