साफ यू–१७ च्याम्पियनसिप आजदेखि

रौतहटको गरुडा नगरपालिकामा तीन दिनदेखि उपमेयरको धर्ना, बजेट प्रस्तुत हुन सकेन

रौतहट । रौतहटको गरुडा नगरपालिकामा तीन दिनदेखि धर्ना जारी छ ।  

बहुमत जनप्रतिनिधिलाई पाखा लगाएर नगर सभा गरेको भन्दै उपप्रमुख पुनम कुमारी चौधरीलगायतले कार्यालयमा ताला लगाएर तीन दिनदेखि धर्नामा बसेका हुन ।

नगरपालिकाको कार्यालय, गरुडाामा तालाबन्दी गर्दै उपप्रमुख चौधरीसहित छ वटा वडाका अध्यक्ष तथा ३१ जना सदस्यले मूल ढोकामा ताला लगाएर धर्नामा बसेका हुन । उपप्रमुख चौधरी नै धर्नामा बसेपछि नगरपालिकाबाट हुने काम कारबाही प्रभावित भएको छ । 

गत आइतबार नगरपालिकाको नवौँ नगर सभाका लागि ५५ करोड १६ लाख ३० हजारको बजेट तयार पारिएको र यसरी तयार पारिएको बजेट विभेदकारी र एकलौटी रूपमा ल्याएको भन्दै उपप्रमुख चौधरीलगायतका वडा अध्यक्षहरू मुख्य गेटमा धर्ना बसेका हुन । जसका कारण नगरपालिकाको बजेट बजेट प्रस्तुत हुन सकेको छैन  ।  

नगरप्रमुख कन्थमणि प्रसाद कलवारले असन्तुष्ट जनप्रतिनिधिहरूसित संवाद गरिरहेको र चाँडै विवाद समाधान हुने बताउनुभएको छ ।

प्रकाशित मिति : १३ असार २०८०, बुधबार  ११ : ०१ बजे