प्रतिनिधिसभा बैठक बस्दै, प्रधानमन्त्रीले बजेटमाथि उठेका प्रश्नको जवाफ जवाफ दिने

काठमाडौँ । प्रतिनिधिसभाको बैठक बस्दै छ । 

सङ्घीय संसद् भवन, नयाँ बानेश्वरमा बिहान ११ः०० बजे प्रतिनिधिसभाको बैठक  बस्नेछ । 

आजको बैठकमा विनियोजन विधेयकमाथिको छलफल जारी रहनेछ । सोही क्रममा विनियोजन (बजेट)विधेयक २०८० माथि उठेका प्रश्नको जवाफ प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले दिनुहुने छ । जसअनुसार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, उपराष्ट्रपतिकाे कार्यालय, राष्ट्रिय योजना आयोगलगायतका कार्यालयमा छुटाइएको बजेटमाथि जवाफ दिने कार्यक्रम रहेको छ । 

मंगलबारको  बैठकमा भने भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय, अर्थ मन्त्रालय, शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय, कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालय र कृषि तथा पशुपन्छी विकास मन्त्रालयको विनियोजन विधेयक २०८० अन्तर्गत विभिन्न शीर्षकहरूमा सांसदले उठाएका प्रश्नहरूको सम्बन्धित मन्त्रीले जवाफ दिनुभएको थियो । 

प्रकाशित मिति : १३ असार २०८०, बुधबार  ७ : ०७ बजे