मीनबहादुरसहित पाँचैजनाविरुद्ध सरकरी कागजात किर्तेमा मुद्दा चलाइने !

काठमाडौं । बालुवाटारस्थित ललिता निवासको सरकारी जग्गा हिनामिना प्रकरणमा पक्राउ परेका भाटभटेनी सुपरमार्केटका सञ्चालक मीनबहादुर गुरुङसहित पाँचैजनाविरुद्ध सरकारी कागजात किर्तेमा मुद्दा चलाउने तयारी गरिएको छ ।

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले गुरुङसहित अन्य चार तत्कालीन कर्मचारीविरुद्ध सरकारी कागजात किर्तेमा म्याद थप गरेर मुद्दा अघि बढाउन लागेको हो।

यो प्रकरणमा यसअघि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पनि उनीहरुविरुद्ध भ्रष्टाचार मुद्दा चलाइसकेको छ। 

गुरुङलाई मंगलबार सीआईबीको टोलीले नक्सालस्थित निवासबाटै पक्राउ गरेको थियो। मंगलबार नै सीआईबीको टोलीले काठमाडौंका फरक-फरक स्थानबाट तत्कालीन सचहसचिवसहित तीन चारजनालाई पनि पक्राउ गरिसकेको छ। 

मीनबहादुरपछि पक्राउ पर्नेहरुमा मालपोत कार्यालय डिल्लीबजारका तत्कालीन प्रमुख कलाधर देउजा, कर्मचारीहरु धर्मप्रसाद गौतम, सुरेन्द्रमान कपाली र भूपेन्द्रमणि केसी छन्। 

बालुवाटारस्थित ललिता निवासको सरकारी जग्गा व्यक्तिको नाममा ल्याउने प्रकरणमा उनीहरु सबै नाम मुछिएको थियो।

प्रकाशित मिति : १२ असार २०८०, मंगलबार  २ : ०३ बजे