हरिकृष्णको अन्डरमा नबस्ने भन्दै काठमाडौंका जिल्ला न्यायाधीशले दिए राजीनामा

काठमाडौं जिल्ला अदालतका न्यायाधीश डा. श्रीकृष्ण भट्टराईले पदबाट राजीनामा दिएका छन् । आफैँले कानूनी र नैतिकरूपमा प्रश्न उठाएको व्यक्ति हरिकृष्ण कार्की प्रधानन्यायाधीश भएकोले मातहतमा बस्न असहज हुने भन्दै भट्टराईले सोमवार राजीनामा दिएका हुन् । 

 

न्याय परिषद्ले राजनीतिक मानिसहरूलाई अपारदर्शी ढंगबाट भर्ती गरिदिएपछि न्यायाधीशहरूको भविष्य नै अन्धकार भएको उनले बताए । 

प्रधानन्यायाधीश कार्की प्रधानन्यायाधीश हुनुपूर्व नै संसदीय समितिमा आफूले उजुरी हाले पनि समितिले विवेक प्रयोग गर्न नसकेको उनले आरोप लगाए ।

 

प्रकाशित मिति : ११ असार २०८०, सोमबार  २ : ३६ बजे