काठमाडौँ । न्याय परिषद्को बैठक आज बस्ने भएको छ ।
न्याय परिषद्को बैठक अपराह्न १ः०० बजे बस्ने भएको हो । उच्च अदालतमा रिक्त न्यायाधीशको नियुक्तिका लागि परिषद्को बैठक बस्न लागेको बताइएको छ ।
हाल उच्च अदालतमा ४१ जना न्यायाधीशको पद रिक्त छ । आजको बैठकले रिक्त ४१ मध्ये २७ जना न्यायाधीशको नियुक्ति हुन सक्ने बताइएको छ ।
न्याय परिषद्ले तयार पारेको कार्याविधिका आधारमा तत्काल २७ जना न्यायाधीशको नियुक्ति गर्न सकिने अवस्था छ ।
प्रकाशित मिति : ११ असार २०८०, सोमबार ११ : २० बजे
प्रतिक्रिया