आज वर्षाको सम्भावना

कृषिलाई परम्परा र निर्वाहमा मात्र सीमित गर्नुहुँदैन : अध्यक्ष ओली

काठमाडौँ । कपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले कृषि र रोपाइँलाई परम्परा र निर्वाहको माध्यममा मात्र सीमित गर्न नहुने बताउनुभएको छ । आज बिहान सामाजिक सञ्जालमा लेख्दै अध्यक्ष ओलीले कृषिलाई अर्थतन्त्र, रोजगारी, उद्यमशीलता र कमाइको माध्यम बनाउनुपर्ने उल्लेख गर्नुभएको हो । 

उहाँले लेख्नुभएको छ, ‘मनसुनसँगै देशभर धान रोपाइँको याम सुरु भएको छ। टिकटक लगायत  सामाजिक सञ्जालमा देखिएका भिडिओ र तस्बिरहरूले मलाई  किशोरकालमा खेतमा गएर हिलो खेलेको, बाउसे गरेको र खेत जोतेको सम्झना आइरहेको छ । तर अब हामीले कृषि र रोपाइँलाई परम्परा र निर्वाहको माध्यममा मात्र सीमित राख्नु हुँदैन । कृषिलाई अर्थतन्त्र, रोजगारी, उद्यमशीलता र कमाइको माध्यम बनाउनु पर्छ।’ 

अध्यक्ष ओली राष्ट्रिय धान दिवसको अवसरमा असार १५ गते कृषि विश्वविद्यालयका विद्यार्थीसँग कृषिसम्बन्धी छलफल गर्दै हुनुहुन्छ ।   

प्रकाशित मिति : ११ असार २०८०, सोमबार  १० : ४० बजे