जसपा विधान अधिवेशन, आज समूहगत छलफल हुने

काठमाडौँ । जनता समाजवादी पार्टी नेपालको विधान अधिवेशन जारी रहेको छ । 

सो अधिवेशनको दोस्रो दिन अध्यक्ष उपेन्द्र यादवले प्रस्तुत गरेको विधानमाथि आज १० समूहमा विभाजन गरेर छलफल हुदैँछ । 

आइतबार अध्यक्ष यादवले मस्यौदा विधान प्रस्ताव गर्नुभएको थियो । सोही प्रस्तावित विधानमा आजबाट समूहगत रूपमा छलफल हुन लागेको हो ।  

बैठकमा केन्द्रीय कमिटीका ४ सय १० सदस्य साथै प्रदेश र जिल्ला कमिटी, भ्रातृ सङ्गठन लगायतबाट देशभरि तथा प्रवाससमेत गरी करिब ८०० प्रतिनिधिहरू सहभागी भएर समूहगत छलफल हुन लागेको हो ।  

पुनः एकल नेतृत्वमा फर्काउने जसपा नेपालका विधान पारित भएमा अध्यक्ष यादव पुनः शक्तिशाली हुनुहुन्छ  । विधानले ७० बर्से उमेर हदको व्यवस्थाका साथै एक व्यक्ति एउटै पदमा दुई कार्यकालभन्दा बढी बस्न नपाउने जस्ता नयाँ व्यवस्था राखेर विधान प्रस्तुत गरिएको छ । 

 

प्रकाशित मिति : ११ असार २०८०, सोमबार  ६ : ५८ बजे