पशुपतिमा सुनको जलहरी जोख्ने तयारी, मन्दिर परिसर खाली गराइयो

पशुपतिनाथ मन्दिरको जलहरीमा प्रयोग भएको सुनको तौल र गुणस्तर जाँच्न अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोली पशुपतिनाथ मन्दिर पुगेको छ । टोलीमा खानी तथा भू–गर्भ विभाग, गुणस्तर तथा नापतौल विभाग र नेपाल सुनचाँदी व्यवसायी महासंघका प्रतिनिधिहरू छन् । उनीहरूले आज (आइतवार) ४ बजे जलहरी बनाइएको सुनको गुणस्तर, तौललगायत विषयमा परीक्षण गर्ने छन् ।

 

सुन जाँचका लागि नेपाली सेनाको टोली पनि पशुपति पुगेको छ । अहिले सेनाले प्राविधिक तयारी गरिरहेको छ । 

अहिले पशुपतिनाथ मन्दिर खाली गराइएको छ । मन्दिर क्षेत्रमा पूजाआजा गर्न गएका भक्तजनलाई बाहिर निकालेर पशुपतिका सबै ढोका लगाइएको छ ।

जलहरीमा ११ केजी सुन घोटाला भएको र त्यसमा कोषकै पदाधिकारी संलग्न रहेको आरोप छ । 

प्रकाशित मिति : १० असार २०८०, आइतबार  ३ : ४३ बजे