साफ यू–१७ च्याम्पियनसिप आजदेखि

विराटनगर महानगरले ल्यायो ३ अर्ब २८ करोडको बजेट

विराटनगर । विराटनगर महानगरपालिकाले आगामी आर्थिक वर्ष २०८०/०८१ का लागि तीन अर्ब २८ करोड ५० लाख रुपैयाँको बजेट सार्वजनिक गरेको छ।

महानगरपालिकाको १२औँ अधिवेशनमा उपप्रमुख शिल्पा निराला कार्कीले ३ अर्ब २८ करोड ५० लाख रुपैयाँको वार्षिक बजेट प्रस्तुत गर्नुभएको हो।

चालू आर्थिक वर्षका लागि महानगरले ३ अर्ब ६२ करोड ५५ लाख ६७ हजार रुपैयाँको बजेट ल्याएको थियो।

महानगरले आगामी वर्षका लागि खर्च व्यहोर्ने स्रोतमध्ये अन्तर सरकारी वित्तीय हस्तान्तरण तर्फ १ अर्ब १९ करोड २४ लाख र प्रदेश सरकारतर्फ ४ करोड ५१ लाख ६३ हजार, राजश्व तर्फ ८० करोड २४ लाख ३७ हजार रुपैयाँ आम्दानी हुने अनुमान गरेको छ ।

यस्तै आन्तरिक आयतर्फ ९९ करोड ५० लाख, जनसहभागिता तर्फ १० करोड, आन्तरिक ऋण तर्फ १० करोड, अन्य संघसंस्था तर्फ ३ करोड र नगद मौज्दात बापत २ करोड आय हुने अनुमान गरिएको छ।

प्रकाशित मिति : १० असार २०८०, आइतबार  ३ : ०५ बजे