साफ यू–१७ च्याम्पियनसिप आजदेखि

काठमाडौं महानगरले ल्यायो २५ अर्ब ५४ करोडको बजेट

काठमाडौं। काठमाडौं महानगरपालिकाले आगामी आर्थिक वर्षका २०८०/८१ का लागि बजेट सार्वजनिक गरेको छ।

आइतबार बसेको १३औँ नगरसभामा महानगरका उपप्रमुख सुनिता डंगोलले आगामी आर्थिक वर्षका लागि २५ अर्ब ५४ करोड ७८ लाख २० हजार रुपैयाँको बजेट सार्वजनिक गर्नु भएको हो ।

चालुतर्फ ८ अर्ब ६१ करोड ५३ लाख २८ हजार र पुँजीगततर्फ १६ अर्ब ९३ करोड २४ लाख ९२ हजार रुपैयाँ विनियोजन गरिएको छ। चालुतर्फ कुल बजेटको ३३.७२ र पुँजीगततर्फ ६६.२८ प्रतिशत बजेट छुट्याइएको छ ।

त्यस्तै संघीय सरकार र प्रदेश सरकारको सशर्त अनुदान १ अर्ब ४५ करोड ६२ लाख, निशर्त अनुदान ८९ करोड ३६ लाख, आन्तरिक आय ६ अर्ब ३९ करोड, राजस्व बाँडफाँटबाट २ अर्ब १६ करोड रुपैयाँ र सामाजिक सुरक्षा र जग्गा एकीकरणबाट २ अर्ब रुपैयाँ प्राप्त हुने उपमेयर डंगोलले जानकारी दिनु भयो ।

प्रकाशित मिति : १० असार २०८०, आइतबार  १ : १५ बजे