बागलुङमा जीप दुर्घटना हुँदा एक जनाको घटनास्थलमै मृत्यु 

बागलुङ । बागलुङको काठेखोला गाउँपालिका-३ धम्जा देउरालीमा जीप दुर्घटना हुँदा एक जनाको घटनास्थलमै मृत्यु भएको छ भने दुई जना भने घाइते भएका छन् । 

मृत्यु हुनेमा जिपमा सवार सोही ठाउँका १९ वर्षीय विजय विक रहेका छन् । घाइते भएका जिपमै सवार अन्य दुई जनाको धौलागिरि अस्पतालमा उपचार भएको छ । 

बागलुङको सदरमुकामबाट ओखलेतर्फ जाँदै गरेको ग १ ज ७१ ९० नम्बरको बोलेरो जिप सडकबाट करिब २५ मिटर तल खसेको थियो ।

दुर्घटना लगतै चालक भएका फरार रहेकाले खोजी भइरहेको जिल्ला प्रहरी कार्यालय बागलुङले जनाएको छ । 

प्रकाशित मिति : १० असार २०८०, आइतबार  ११ : १४ बजे