काठमाडौँ । उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ चीन भ्रमणमा जानुहुने भएको छ ।
आगामी मङ्गलवार चार दिने भ्रमणको क्रममा उहाँ चीन जान लाग्नु भएको हो । उपप्रधानमन्त्री श्रेष्ठको सचिवालयका अनुसार ७ सदस्यीय टोलीसहित उहाँ चीनको छेन्दु सहरमा जान लाग्नुभएको हो ।
चीनको छेन्दुमा हुने एक व्यापार मेलामा विशेष अतिथिको रूपमा सहभागी हुनका लागि उपप्रधानमन्त्री श्रेष्ठ त्यसतर्फ जान लाग्नुभएको हो । उहाँको टोलीमा गृह मन्त्रालयका सहसचिवसहितको प्रतिनिधित्व रहने जनाइएको छ ।
उपप्रधानमन्त्री श्रेष्ठ चार दिन छेन्दु मा नै रहने, सो क्रममा त्यहाँको विश्वविद्यालयको अवलोकन तथा भ्रमण गर्ने लगायतको कार्यक्रम रहेको छ ।
उहाँ शुक्रवार स्वदेश फर्कनुहुनेछ ।
प्रकाशित मिति : १० असार २०८०, आइतबार ८ : ४१ बजे
प्रतिक्रिया