क्रिकेट टिमलाई अध्यक्ष ओलीको सान्त्वना : मेहनतका बाबजुद पनि परिणाम प्राप्त नहुन सक्छ निराश हुनु हुँदैन

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले कहिलेकाहीँ मेहनतका बाबजुद पनि परिणाम प्राप्त नहुन सक्छ यसबाट निराश हुनु हुँदैन भन्दै नेपाली राष्ट्रिय क्रिकेट टिमलाई सान्त्वना दिनुभएको छ । 

आइसिसी एक दिवसीय क्रिकेट विश्वकप अन्तर्गत नेपाली टिम नेदरल्यण्डसँग पराजित भएपछि सामाजिक सञ्जाल फेसबुकमार्फत अध्यक्ष ओलीले मेहनत जननी हो भने परिणाम शिशु भन्नुहुँदै परिणाम हामीले सोचेजस्तो नभए पनि नेपाली टिमको मेहनत कमजोर नभएको बताउनुभयो । 

उहाँले मेहनतका लागि धन्यवाद नेपाली क्रिकेट टिमलाई धन्यवाद दिनुहुँदै नेपाल फर्केपछि सँगसँगै खाना खाने गरी भेटौँला भन्नुभयो । 

अध्यक्ष ओलीले एउटा असफलता यात्राको अन्त्य होइन भन्नुहुँदै हाम्रो यात्रा जारी रहने बताउनुभएको छ ।

उहाँले सामाजिक सञ्जालमा लेख्नुभएको छ :
''यात्रा जारी छ !
हिजो मैले नेपाली टिम र नेदरल्याण्डबीचको खेल लाइभ हेरेँ। मोबाइलमा इन्टरनेट स्लो भएर केही डिस्टर्ब भयो, तैपनि हेरे। आइसिसी एक दिवसीय क्रिकेट विश्वकपमा सहभागी हुन त हामीले पाएनौँ। मेहनत जननी हो भने परिणाम शिशु। कहिलेकाहीँ मेहनतका बाबजुद पनि परिणाम प्राप्त नहुन सक्छ। यसबाट निराश हुनु हुँदैन। परिणाम हामीले सोचेजस्तो नभए पनि नेपाली टिमको मेहनत कमजोर थिएन। मेहनतका लागि धन्यवाद नेपाली क्रिकेट टिम!नेपाल फर्केपछि सँगसँगै खाना खाने गरी भेटौँला। एउटा असफलता यात्राको अन्त्य होइन, हाम्रो यात्रा जारी छ।'' 

प्रकाशित मिति : १० असार २०८०, आइतबार  ८ : २१ बजे