नक्कली परीक्षार्थी बन्ने सशस्त्र प्रहरी जवान पक्राउ

गलकोट – सवारीचालक अनुमतीपत्रको प्रयोगात्मक परीक्षामा सहभागी नक्कली परिक्षार्थीलाई प्रहरीले आज पक्राउ गरेको छ । यातयात व्यवस्था कार्यालय बागलुङले माझीबस्तीमा लिइरहेको ट्रायल सेन्टरमा परीक्षा दिन गएका सशस्त्र प्रहरी जवान गणेश कोहिरीलाई नक्कली परीक्षार्थी बनेको आरोपमा पक्राउ गरिएको हो । 

    कोहीरीलाई सहायक हवल्दार विनोद नेपालीका नाममा परीक्षा दिँदै अवस्थामा पक्राउ गरिएको बागलुङका प्रहरी नायब उपरीक्षक तथा सूचना अधिकारी मदन केसीले जानकारी दिनुभयो ।

    नक्कली परीक्षार्थी बनेका कोइरी सशस्त्र प्रहरी बल रुपन्देहीमा कार्यरत हुनुहुन्छ भने सशस्त्र प्रहरी बलको सहायक हवल्दार पदमा कार्यरत नेपाली कास्कीस्थित सशस्त्र बाहिनीमा कार्यरत हुनुहुन्छ । प्रहरीले नेपालीलाई अनुसन्धका लागि बोलाउने तयारी भइरहेको केसीको भनाइ छ ।

 

प्रकाशित मिति : ९ असार २०८०, शनिबार  १० : ०५ बजे