साफ यू–१७ च्याम्पियनसिप आजदेखि

गोठमा चट्याङ पर्दा ५ भैसी र एक गाईको मृत्यु

बाजुरा । बाजुराको बडिमालिका नगरपालिका  ७ र ८ मा चट्याङ लागेर  ४  भैंसी र एक गाई मरेकाछन्।

हिजो राति  वर्षा सँगै परेको चट्याङ लागेर बडिमालिका नगरपालिका ७ को मल्यासैन लेकमा १ गाई सहित ४ भैसी मरेका हुन् । गोठमा चट्याङ परेर बडिमालिका– ७ का स्थानिय खडकलाल जैशीको एक गाईसहित, प्रेम खत्री,  सत्या खत्री, गोरे पाध्याय  र पृर्थु गरुङका एक–एक  भैंसी मरेको बडिमालिका नगरपालिका वडा नम्बर ७ का वडा अध्यक्ष धर्मराज पाध्यायले बताउनु भयो । 

त्यसै गरि बडिमालिका नगरपालिका वडा नम्बर८ स्थित खलाडिलमा पनि एक भैंसी चट्याङ लागेर मरेको वडा अध्यक्ष चन्द्र थापाले बताउनु भयो । जिल्ला प्रहरी कार्यालय बाजुराका अनुसार क्षतिको विवरण संकलन गर्न प्रहरीको टोली घटना स्थल तर्फ गइसकेको छ। गाई बस्तु लाई चट्याङलागेको ठाउ मल्यासैन लेक सदरमुकामबाट ४ घण्टाको दुरीमा रहेको छ ।चट्याङ बाट ५लाख बढिको क्षति भएको अनुमान गरिएको छ।

प्रकाशित मिति : ९ असार २०८०, शनिबार  १ : ३४ बजे