आज वर्षाको सम्भावना

महभिरमा ढुङ्गा खस्दा मध्य पहाडी राजमार्ग अवरुद्ध

पर्वत ।   पर्वतको मोदी गाउँपालिका–६ स्थित महभिरमा सडक माथिबाट ढुङ्गा खस्दा मध्य पहाडी राजमार्गको पोखरा–पर्वत खण्ड अवरुद्ध भएको छ ।  

गए रातिदेखि परेको भारी वर्षाका कारण बिहानीपख भिरबाट सडकमा ढुङ्गा खसेर पुरिएको हो । 

अवरुद्ध सडक खुलाउनका लागि जेसिबी र सुरक्षाकर्मीलाई परिचालन गर्ने तयारी भइरहेको पर्वतका ट्राफिक प्रहरी प्रमुख सुमन न्यूरेले जानकारी दिनुभयो । 

सडक अवरुद्ध हुँदा पोखरातर्फबाट धौलागिरिका पर्वत, बागलुङ, म्याग्दी र मुस्ताङतर्फ आएका सवारीसाधन नयाँ पुलमा रोकिएका छन् भने यस क्षेत्रबाट अन्यत्र जाने सवारीसाधन डिमुवामा रोकिएका छन् । 

अहिले पनि यस क्षेत्रमा निरन्तर वर्षा भइरहेको छ । ठुलो वर्षाका कारण केही ग्रामीण सडरुमा समेत आवतजावत बन्द भएको छ । रासस

प्रकाशित मिति : ९ असार २०८०, शनिबार  ९ : २८ बजे