दुर्गा प्रसाईं पक्राउ

सुनको मूल्य अहिलेसम्मकै उच्च

विदेशिए गोठाला, हराए गोठ

वीर अस्पतालका ७०० जनरल बेड आम सर्वसाधारणका लागि निःशुल्क

काठमाडौँ । वीर अस्पतालका ७०० जनरल बेड शुक्रबारदेखि निःशुल्क गरिएको छ ।

चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स) को कार्यकारी परिषदले वीरका ७०० वेड सर्वसाधारणका लागि निःशुल्क गर्ने निर्णय गरेको हो ।  स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेतले वीर अस्पताल गरिबका लागि भन्दै उक्त निर्णय गरिएको बताए ।

यसअघि प्रतिबेड २०० रुपैयाँ शुल्क लिने गरिएको थियो । अबदेखि कोही पनि विरामीले बेडका लागि पैसा तिर्नुनपर्ने मन्त्री बस्नेतले बताए । 

अस्पतालको क्याबिन र आईसीयूमा भने शुल्क लाग्नेछ । 

प्रकाशित मिति : ८ असार २०८०, शुक्रबार  ६ : १६ बजे