सुनचाँदीको मूल्यमा लगातार घटेर १ लाख ९ हजार ८०० रुपैयाँ कायम 

काठमाडौँ । सुनको मूल्य लगातार चार दिन घटेको छ । गत मङ्गलवार अर्थात् असार ५ गते प्रतितोला २०० रुपैयाँले घटेर १ लाख ११ हजार ८०० रुपैयाँ कायम भएको मूल्य त्यसयता पनि लगातार घटिरहेको छ । 

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुन प्रतितोला ७०० रुपैयाँले घटेर १ लाख ९ हजार ८०० रुपैयाँ कायम भएको छ । यसैगरी, तेजाबी सुनको मूल्य तोलाको १ लाख ९ हजार ३०० रुपैयाँ निर्धारण भएको छ ।  

यसअघि बिहीबार सुनको मूल्य १ लाख १० हजार ५०० रुपैयाँ कायम भएको थियो । यसैगरी, तेजाबी सुनको मूल्य तोलाको १ लाख ९ हजार ९५० रुपैयाँ निर्धारण भएको थियो । 

बिहीबार पनि सुनको मय अघिल्लो दिनको तुलनामा तोलामा ५०० रुपैयाँले घटेको थियो । 

त्यस्तै,चाँदीको मूल्य पनि तोलामा २५ रुपैयाँले घटेर १३ सय ३५ रुपैयाँ कायम भएको छ । बिहीबार चाँदीको मूल्य तोलाको १३ सय ६५ रुपैयाँ कायम रहेको थियो ।

पछिल्लो समय अन्तर्राष्ट्रिय बजारमा सुनचाँदीको मूल्यमा गिरावट आएकोले नेपाली बजारमा पनि त्यसको प्रभाव परेको हो । 

प्रकाशित मिति : ८ असार २०८०, शुक्रबार  १२ : १६ बजे