कृषिलाई निर्वाह होइन, कमाइको रूपमा अघि बढाऔँ : अध्यक्ष ओली (भिडियो सन्देशसहित)

​​​​​​​काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले कृषिलाई निर्वाह होइन, कमाइको रूपमा अघि बढाऔँ भन्दै भिडियो सन्देश दिनुभएको छ । 

सामाजिक सञ्जालमार्फत अध्यक्ष ओलीले यही असार १५ गते राष्ट्रिय धान दिवसको अवसरमा भिडियो सन्देश दिनुभएको हो । 

भिडियो सन्देशमा अध्यक्ष ओली र उहाँकी धर्मपत्नी राधिका शाक्यले करेसाबारीमा फर्सीको मुन्टा टिप्दै कृषिमा आधुनिकीकरण खोज्नुपर्ने बताउनुभएको छ । 

एमालेले १५ गते चितवनमा राष्ट्रिय धान दिवस मनाउँदै छ । सोही अवसरमा अध्यक्ष ओलीले सन्देश दिनुभएको हो । 

कृषिलाई निर्वाह होइन, कमाइको रूपमा अघि बढाऔँ : अध्यक्ष ओली (भिडियो सन्देशसहित) :

​​​​​​​

प्रकाशित मिति : ८ असार २०८०, शुक्रबार  १० : ५५ बजे