आज वर्षाको सम्भावना

गोरखा जिप दुर्घटना : प्रधानमन्त्री दाहालद्वारा दुःख व्यक्त

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गोरखाको सहिदलखन गाउँपालिका–३ मा भएको सवारी दुर्घटनामा परी पाँच जनाको निधन भएको खबरले आफू मर्माहत भएको बताउनुभएको छ । 

प्रधानमन्त्री दाहालले दुर्घटनामा परी निधन भएकाप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोकाकुल परिवार तथा आफन्तजनमा समवेदना प्रकट गर्नुभएको छ । उहाँले दुर्घटनामा परी घाइते भएकाको शीघ्र स्वास्थ्य लाभको कामना गर्नुभएको छ । 

सहिद लखन गाउँपालिका–३ चिलिङकोटबाट बेहुली लिएर सहिद लखन–५ ताक्लुङ फर्किँदै गरेको ०१–०२३ च ४४२७ नम्बरको जिप गए राति दुर्घटना  हुँदा पाँच जनाको मृत्यु भएको थियो । 

दुर्घटनामा १२ जना घाइते भएका छन् ।  

 

प्रकाशित मिति : ८ असार २०८०, शुक्रबार  १० : ४४ बजे