आज वर्षाको सम्भावना

पूर्व प्रधानमन्त्री चन्दलाई पत्नी शोक

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टीका संस्थापक नेता एवं पूर्व प्रधानमन्त्री लोकेन्द्रबहादुर चन्दकी धर्मपत्नी दिव्येश्वरी चन्दको ८२ वर्षको उमेरमा निधन भएको छ ।

उच्च रक्तचाप, पक्षघात लगायत रोगबाट पीडित चन्दको उपचारका क्रममा त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगञ्जमा आज बिहान निधन भएको राप्रपाका नेता राजाराम श्रेष्ठले जानकारी दिनुभयो । 

उहाँको, श्रीमान्, दुई छोरा र दुई छोरी हुनुहुन्छ । 

दिवङ्गत चन्द राप्रपा नेता जयन्त चन्दकी आमा हुनुहुन्छ । उहाँको आजै पशुपतिस्थित आर्यघाटमा दाहसंस्कार गरिने बताइएको छ । 

प्रकाशित मिति : ८ असार २०८०, शुक्रबार  १० : ३९ बजे