प्रतिनिधिसभामा सांसदहरूले सोधेको प्रश्नको आज प्रधानमन्त्रीले जवाफ दिने

​​​​​​​काठमाडौँ । आज प्रतिनिधिसभा बैठक बस्दै छ ।  

सङ्घीय संसद् भवन, नयाँ बानेश्वरमा  बिहान ११ः०० बजे प्रतिनिधिसभा बैठक बस्न लागेको हो ।  

आजको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सांसदहरूले सोधेको प्रश्नको जवाफ दिँदै हुनुहुन्छ । 

सो बैठकमा विनियोजन विधेयक २०८० को विभिन्न शीर्षकहरू माथिको छलफल अन्तर्गत चार वटा मन्त्रालय सहितको बजेट शीर्षकमाथि छलफल हुनेछ । जसअनुसार संस्कृति, पर्यटन, तथा नागरिक उड्डयन मन्त्रालय, गृह मन्त्रालय, रक्षा मन्त्रालयसहित प्रधानमन्त्री तथा मन्त्री परिषद्को कार्यालय, राष्ट्रिय योजना आयोगको सचिवालयले, राष्ट्रपति कार्यालय एवं उपराष्ट्रपतिको कार्यालयका बजेट शीर्षकमाथि छलफल हुन लागेको हो ।  

यसैगरी, सो बैठकमा सात जना सांसदले खर्च कटौतीको प्रस्ताव गर्नुहुनेछ । 

प्रकाशित मिति : ८ असार २०८०, शुक्रबार  ७ : १४ बजे