काठमाडौँ । गोरखामा जन्ती बोकेको जिप दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा चार पुरुष र एक महिला रहेका छन् । दुर्घटनामा परी १२ जना घाइते भएको गोरखाका प्रहरी नायव उपरीक्षक लिलाराज लामिछानेले जानकारी दिनुभयो ।
सहिद लखन–३ चिलिङकोटबाट बेहुली लिएर सहिद लखन–५ ताक्लुङबाट फर्किँदै गरेको ०१–०२३च ४४ २७ नम्बरको जिप गए राति दुर्घटनामा परेको हो ।
प्रमुख जिल्ला अधिकारी दिनेशसागर भुसालका अनुसार घटना लगत्तै जिल्लाबाट डिएसपी लामिछानेको नेतृत्वमा प्रहरी टोली घटनास्थलमा गएको थियो ।
अहिले प्रहरी, नेपाली सेना, सशस्त्र प्रहरी र स्थानीयले घाइतेको उद्धार गरिरहेका छन् । मृतकको पहिचान खुल्न नसकेको डिएसपी लामिछानेले बताउनुभयो ।
जिप सडकबाट झन्डै दुई सय मिटर तल खसेको बताइएको छ ।
प्रकाशित मिति : ८ असार २०८०, शुक्रबार ७ : ०३ बजे
प्रतिक्रिया