मौन अवधि सुरु, के गर्न पाइँदैन

रोजगारी खोज्ने क्रममा नै लैङ्गिक विभेद

टोकियो – जापानमा हालै गरिएको एक सर्वेक्षणले जापानमा रोजगारी खोज्नेमध्ये करिब ३३ प्रतिशतले आफ्नो लिङ्गका कारण भेदभाव महसुस गरेको देखाएको स्थानीय अखबार असाही शिम्बुनले जनाएको छ ।

रेन्जो नामले चिनिने जापानी ट्रेड युनियन कन्फेडेरेसनले गत तीन वर्षमा १५ देखि २९ वर्ष उमेर समूहका एक हजार पुरूष र महिलालाई समेटेर गरेको अनलाइन सर्वेक्षणका क्रममा रोजगारी खोज्ने क्रममा विभेद हुने गरेको देखिएको हो ।

राष्ट्रव्यापी सर्वेक्षणले ३२.८ प्रतिशत उत्तरदातामध्ये ३०.१ प्रतिशत पुरुष र ३५.७ प्रतिशत महिला यौनिकताबाट पीडित रहेको देखाएको छ ।  

सर्वेक्षणमा सहभागी मध्ये ३९.६ प्रतिशत उत्तरदाताले पुरुष वा महिलाका लागि काम गर्ने स्थान तयार पारिएको बताएका थिए भने ३६.९ प्रतिशतले फरक फरक लैंगिक रोजगार कोटा रहेको बताएका थिए ।  

यसबाहेक, जागिरको खोजीमा भौतारिएका १९.५ प्रतिशत व्यक्तिले उनीहरूको अन्तर्वार्ताको क्रममा अनुचित टिप्पणीहरू सुनेको बताएका छन् ।

“तपाईं महिला भएकाले रोजगारीबाट छिट्टै बिदा लिनुहुन्छ,” महिलालाई रोजगारी दिँदा हुने समग्र बुझाइबारे २५ वर्षीया एक महिलाले कम्पनीका प्रतिनिधिलाई उद्धृत गर्दै भन्नुभयो । 

रासस÷सिन्ह्वा

प्रकाशित मिति : ७ असार २०८०, बिहिबार  ७ : ३६ बजे