वेष्टइन्डिजले नेपाललाई दियो ३४० रनको चुनौतीपूर्ण लक्ष्य

काठमाडौं– आईसीसी एकदिवसीय विश्वकप छनोट अन्तर्गत बिहीबार भइरहेको खेलमा वेष्टइन्डिजले नेपाललाई ३४० रनको चुनौतीपूर्ण लक्ष्य दिएको छ।

५० ओभरको खेलमा वेष्टइन्डिजका खेलाडी साइ होप र निकोलस पूरनको शतकका मद्दतले ३३९ रन बनाएको हो।

नेपालका लागि बायाँहाते स्पिनर ललित राजवंशीले सबैभन्दा धेरै तीन विकेट लिएका छन्। उनले वेष्टइन्डिजका रोभमन पावेल, जेसन होल्डर र साइ होपको विकेट लिएका थिए ।
  
नेपालका लागि करण केसी,  सन्दीप लामिछाने,  गुलशन झा र दीपेन्द्र सिंह ऐरीले एक-एक विकेट लिएका थिए । टस जितेर पहिले बलिङ रोजेको नेपालले वेष्टइन्डिजलाई ५० ओभरमा नेपालले अलआउट गरेको थियो ।

नेपालले अबको केहीबेरमा जवाफी ब्याटिङ गर्नेछ।

प्रकाशित मिति : ७ असार २०८०, बिहिबार  ४ : ४० बजे