यस्तो छ आज तरकारी तथा फलफूलको मूल्य

काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजको मूल्य सार्वजनिक गरेको छ ।  

जसअनुसार ठुलो गोलभेँडा (नेपाली) प्रतिकेजी ३७ रुपैयाँ ५० पैसा, भारतीय गोलभेँडा ४२ रुपैयाँ ५० पैसा, टनेल गोलभेँडा १२ रुपैयाँ, रातो आलु ४३ रुपैयाँ ६० पैसा, भारतीय रातो आलु ३५ रुपैयाँ ५० पैसा, मुडेको रातो आलु ३७ रुपैयाँ ३३ पैसा, सेतो आलु ३४ रुपैयाँ ५० पैसाका किनबेच भइरहेको छ । 

यसैगरी,  सुकेको प्याज ४८ रुपैयाँ २० पैसा, लोकल गाजर ११५ रुपैयाँ, लोकल बन्दा १२ रुपैयाँ ४० पैसा, स्थानीय काउली र सखरखण्ड ८५ रुपैयाँ, स्थानीय ज्यापु काउली १०५ रुपैयाँ, रातो मूला २७ रुपैयाँ ५० पैसा, लाम्चो भन्टा र चिचिन्डो ३५ रुपैयाँ, तने बोडी, न्युरो र दसहरी आँप ८५ रुपैयाँ, मकै बोडी, लोकल सिमी र झिगूनी ४५ रुपैयाँ, भटमासकोशा ९५ रुपैयाँ, लौका, घिरौँला र बुलेट खुर्सानी ६५ रुपैयाँ, भिण्डी ७८ रुपैयाँ कायम गरिएको छ  ।

यस्तै, तोरीको साग ३५ रुपैयाँ, कन्य च्याउ २२५ रुपैयाँ, डल्ले च्याउ ३५६ रुपैयाँ, कुरिलो र गुन्द्रुक, २७५ रुपैयाँ, ब्रोकाउली ९५ रुपैयाँ, सेलरी र पुदिना १३५ रुपैयाँ, पासले २३५ रुपैयाँ, कागती १६३ रुपैयाँ ३३ पैसा, अनार ४२५ रुपैयाँ, मालदह आँप ७६ रुपैयाँ कायम गरिएको छ भने दसहरी आँप ७५ रुपैयाँ, मौसम १९० रुपैयाँ, लोकल काँक्रो ९० रुपैयाँ, रुख कटटहर ३५ रुपैयाँ, लोकल लिची १२५ रुपैयाँ, किवी ७५० रुपैयाँ र आभोकाडो ६५० रुपैयाँ तोकिएको छ । 

प्रकाशित मिति : ७ असार २०८०, बिहिबार  ८ : ५५ बजे