साफ यू–१७ च्याम्पियनसिप आजदेखि

यस्तो छ काठमाडौँ महानगरले ल्याएको नीति तथा कार्यक्रम (पूर्णपाठ)

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले आगामी आर्थिक वर्ष २०८०/०८१को नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ । 

महानगरपालिकाका मेयर बालेन्द्र शाहले प्रस्तुत गर्नुभएको नीति तथा कार्यक्रममा १० वटा महानगर गौरवका योजना र केही स्वर्णिम योजना सार्वजनिक गरिएको छ ।

महानगरको गौरव बढाउन अधिकतम जनसङ्ख्या लाभान्वित हुने तीन वर्षभित्रमा सम्पन्न हुने १० वटा योजनालाई महानगर गौरवका योजना भनिएको छ ।

गौरवका योजनामार्फत प्रमुख समस्याहरूको समाधानका साथै सुरक्षित, व्यावसायिक र व्यवस्थित सहरको निर्माण गर्दै काठमाडौँ महानगरपालिकालाई पर्यटनमैत्री सांस्कृतिक सहर, समृद्ध महानगरको रूपमा स्थापित गर्ने मेयर शाहले बताउनुभयो ।

आर्थिक वर्ष २०८०/०८१ को वार्षिक नीति तथा कार्यक्रममा महानगर प्रमुख शाहले महानगरभित्रका सार्वजनिक जग्गाहरू अतिक्रमण गरी बनाइएका अनधिकृत संरचना हटाइ खुला क्षेत्रको रूपमा विकास गरिने उल्लेख गर्नुभएको छ ।

महानगरमा पार्किङका लागि बनाइने भवनको नक्सा पासमा ९० प्रतिशत छुट पर्ने व्यवस्था गर्ने पनि नीति तथा कार्यक्रममा उल्लेख गरिएको छ । 

यस्तो छ काठमाडौँ महानगरले ल्याएको नीति तथा कार्यक्रम (पूर्णपाठ)

प्रकाशित मिति : ७ असार २०८०, बिहिबार  ७ : १८ बजे