नेपाल पहिलो पटक विश्वकप क्रिकेट विजेता वेस्ट इन्डिजसँग भिड्दै

काठमाडौँ । नेपालले पहिलो पटक विश्वकप क्रिकेट विजेतासँग आज क्रिकेट खेल्दै छ ।

आइसिसी विश्वकप छनोट २०२३ को आफ्नो तेस्रो खेलमा नेपालले विश्वकप विजेता वेस्ट इन्डिजसँग खेल्न लागेको हो । 

सो खेल नेपाली समय अनुसार अपराह्न १२ः ४५ बजेबाट हरारे स्पोर्ट्स क्लबमा सुरु हुनेछ ।

नेपालले यसअघि खेलेका दुई खेल मध्ये एकमा जीत र एकमा हार व्यहोरेको छ । जिम्बाबेलाई राम्रो लक्ष्य दिए पनि बलिङमा जम्न नसक्दा पराजय भोगेको नेपालले अमेरिकालाई भने सानदार प्रदर्शनका साथ हराएको थियो ।

ओडिआई वरियतामा नेपाल १४औँ र वेस्ट इन्डिज १० औँ स्थानमा छन् । आजको प्रतिस्पर्धा नेपालका लागि निकै ठुलो अवसर भएको जनाउँदै क्रिकेट समीक्षकहरूले नेपालले गौरव गर्नु पर्ने टिप्पणी गरेका छन् ।

प्रकाशित मिति : ७ असार २०८०, बिहिबार  ६ : ५० बजे