सुनको मूल्यमा नयाँ कीर्तिमान

काउन्सिलको लोगो कीर्ते गरेको आरोपमा दुई जना पक्राउ

काठमाडौं – नेपाल मेडिकल काउन्सिलको लोगो कीर्ते गरेको आरोपमा प्रहरीले दुई जना पक्राउ गरेको छ । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले उनीहरूलाई पक्राउ गरेको हो । 

पक्राउ पर्नेमा कास्कीका २४ वर्षीय नविन पौडेल र २४ वर्षकै आशिष अधिकारी रहेका छन् । प्रहरीले बुधबार उनीहरूलाई बानेश्वरबाट पक्राउ गरेको हो ।

पीफीए एसोसियसन प्रालि नामक इन्स्टिच्युटले नेपाल मेडिकल काउन्सिलको स्वीकृति विना काउन्सिलको लोगो, नाम र परीक्षा प्रश्नपत्रको ढाँचा प्रयोग गरेर तयारी कक्षा सञ्चालन गरेको पाइएपछि उनीहरू पक्राउ परेका हुन् । 

थप कारबाहीका लागि उनीहरूलाई जिल्ला प्रहरी परिसरमा पठाइएको प्रहरी उपरीक्षक मिलन केसीले जानकारी दिए । 

प्रकाशित मिति : ६ असार २०८०, बुधबार  ९ : ३३ बजे