दलित गाउँका पहिलो शिक्षक

आँधीघाटमा पक्की पुल अन्तिम चरणमा

चिनियाँ राष्ट्रपति सी तानशाह हुन् : अमेरिकी राष्ट्रपति बाइडेन

क्यालिफोर्निया – क्यालिफोर्नियामा आयोजित एक फन्डरेजर कार्यक्रममा अमेरिकी राष्ट्रपति जो बाइडेनले चिनियाँ राष्ट्रपति सी जिनपिङलाई तानशाहको संज्ञा दिएका छन् । अमेरिकी सेक्रेटरी अफ स्टेट एन्टोनी ब्लीनकेनले दुई देशबीचको तनाव कम गर्ने उद्देश्यसहित राष्ट्रपति सीसँग बेइजिङमा भेटवार्ता गरेको अर्को दिन नै बाइडेनले यस्तो टिप्पणी गरेका हुन् ।

सो भेटवार्तापछि सीले ‘सकारात्मक विकास’ भएको बताएका थिए भने ब्लीनकेनले दुवै पक्ष थप संवादका लागि खुला रहेको प्रतिक्रिया दिएका थिए । चीनले बाइडेनको टिप्पणीबारे प्रतिक्रिया जनाएको छैन ।

मंगलबार राति आयोजित कार्यक्रममा बाइडेनले चिनियाँ जासुसी बेलुन अमेरिकामा पुगेपछि सुरु भएको तनावपछि राष्ट्रपति सीले लज्जबोध गरिरहेको दाबी गरे । उनले भने, ‘मैले जासुसी यन्त्रसहितको बेलुन खसाएपछि सी तनावमा थिए किनभने उनलाई त्यो त्यहाँ छ भन्ने थाहा नै थिएन । तानाशाहका लागि यो ठुलो लज्जाको विषय हो जब उनीहरुलाई के भइरहेको छ भन्ने थाहा हुँदैन ।’

पछिल्ला पाँच वर्षमा बेइजिङको भ्रमण गर्ने ब्लीनकेन शीर्ष अमेरिकी कूटनीतिज्ञ हुन् । उनले दुई देशबीच उच्च तहको वार्ताको सुरुवात गरेका थिए । बाइडेन र सी दुवैले यसको स्वागत गरेका थिए । तर, ब्लीनकेनले दुई देशबीच अझै पनि असझदारी कायम रहेको स्पष्ट पारेका थिए । बेइजिङ र वासिङटनबीच व्यापार, मानव अधिकार, ताइवान लगायत विषयहरुमा विवाद रहँदै आएको छ ।–बीबीसी

प्रकाशित मिति : ६ असार २०८०, बुधबार  ५ : १० बजे